arrow

नेपालमा भूमि व्यवस्थापनको सय वर्ष पूरा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
parbhat fari.jpg

स्याङ्जा । देशभरमा मालपोत कार्यालय र नापी कार्यालयले २०७८ चैत्र ३० देखि २०७९ बैशाख २ गते सम्म शतवार्षिकी दिवस मनाइरहेका छन् । नेपालमा लिखत पारितको १ सय वर्ष पूरा गरेको अवसरमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयले शतवार्षिकी दिवस मनाएको हो । 

स्याङ्जामा पनि मालपोत र नापी कार्यालयले प्रभातफेरी गरी अन्तरक्रिया गरेको छ । मालपोत र नापी कार्यालय वालिङको संयुक्त आयोजनामा वालिङ स्थित आफ्नै कार्यालयबाट शुरु भएको प्रभातफेरी जैसीपधेरा, वालिङ मोड, भिआईपी टोल, नयाँ बजार हुदै मालपोत कार्यालयको सभाहलमा अन्तरक्रिया सम्पन्न गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले भुमि व्यवस्थापनको अभिलेख राख्न थालेको १ सय वर्ष पूरा भएकोमा शुभकामना व्यक्त गरे । 

नागरिकले भूमि भोगचलन गर्न पाउने अधिकार नेपाल सरकारले सुनिश्चित गरेको शतवार्षिकीले नागरिकको सेवामा अझै सुधारात्मक, सहज र सेवाग्राहीमैत्री बनाउने कदमको नगर प्रमुख खाँणले सुझाव व्यक्त गरे ।

नागरिकले भूमिप्रयोग गर्ने अधिकारबाट विकासमा केही असहजता प्रदान गरेको भन्दै यस्ता विषयमा छलफल हुनु जरुरी रहेको बताए । अधिकांश झै झगडा र भ्रष्टाचारमा समेत जग्गा जमीन नै कारक बनेका घटनाप्रति लक्षित गर्दै नगर प्रमुख खाँणले यस्ता घटनाको न्यूनीकरणतर्फ राज्य सचेत बन्नुपर्ने धारणा व्यक्त गरे । 

नेपालको आर्थिक चलायमान बनाउन पछिल्लो समय जग्गा जमिनको कारोवार महत्वपुर्ण ठानिएको छ । राजस्व बृद्धिमा महत्वपूर्ण मानिएको भुमि नागरिकको प्रतिष्ठा सगँ पनि जोडिदै आएको छ । त्यसैले नेपाल सरकारले देशभरीका मालपोत र नापी कार्यालयलाई पुर्णरुपले प्रविधिमैत्री बनाउन लागेको छ । वालिङ मालपोत र नापी कार्यालयले पनि प्रविधि मार्फत् नागरिकलाई सेवा दिदै आएको मालपोत कार्यालय वालिङका प्रमुख रबिन अधिकारीले बताए । पेपरलेस अभियानमा वालिङको मालपोत तयारी अवस्थामा रहेको बताउदै मालपोत अधिकृत अधिकारीले विभागको अनुमतिको पर्खाइमा रहेको बताए । 

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नापी कार्यालय वालिङका प्रमुख गगन ढकाल, इलाका प्रशासन कार्यालय वालिङका सुचना अधिकारी सुवास पौडेल, नेपाल लेखापढी व्यवसायी एसोसिएसनका खेमनारयाण रेग्मी र मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले भुमि व्यवस्थाको लिखत अभिलेख राखेको १ सय पूरा भएको दिवस मनाउन पाउनु हाम्रो पुस्ताको लागि गौरवको बिषय भएको बताएका थिए । 

सेवाग्राही र कार्यालय विचको सुमधुर सम्वन्धले सरकारी सेवाको अनुभुतिमा कुनै समस्या र झन्झटीलो नहुने गरी सेवा प्रवाह हुनुपर्नेमा जोड दिएका थिए । शतबार्षिकी अन्तरक्रिया कार्यक्रम लेखापढी व्यवसायी र मालपोत नापी कार्यालय दुवैको व्यवस्थापनमा सम्पन्न भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ