arrow

आफ्नै चुनावी बाचाविरुद्ध बाइडेन प्रशासनले तेल र ग्यास ड्रिलिङ गर्दै

चुनावी बाचाविरुद्ध बाइडेन प्रशासनले सार्वजनिक भूमिमा तेल र ग्यास ड्रिलिङ गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
ak_usoil.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अर्को हप्तादेखि सङ्घीय भूमिमा तेल र ग्यास ड्रिल गर्न लिजहरू बेच्न पुनः सुरु गर्ने बताएको छ। बाइडेनले राष्ट्रपतिको चुनावी अभियानका क्रममा सङ्घीय भूमिमा तेल र ग्यासको ड्रिल रोक्ने प्रतिबद्धता गरेका थिए ।

तर, अहिले महामारीपछिको बजार र रुसले युक्रेनमाथि आक्रमण गरेपछिको अवस्थामा ऊर्जाको मूल्यवृद्धिको दबाबलाई शान्त पार्ने बाइडेन प्रशासनले यो कदम चालेको हो ।

यद्यपि, ड्रिलका लागि १ लाख ४४ हजार एक्कड सरकारी जग्गा मात्रै लिजका लागि बिक्री गर्ने आन्तरिक विभागले जनाएको छ । यो जमिन सुरुमा प्रस्ताव गरिएको भन्दा करिब ८० प्रतिशत कम हो । यस्तै ड्रिलका लागि कम्पनीहरूले तिर्नु पर्ने रोयल्टी पनि बढाइएको छ ।

बाइडेनले जनवरी २०२१ मा पदभार ग्रहण गरेपछि सङ्घीय तेल र ग्यास भाडामा दिने कार्यक्रममा सुधार गर्ने यो पछिल्लो कदम हो । बाइडेन प्रशासनको यो कदमको आलोचना गर्दै पर्यावरण कार्यकर्ताहरूले जलवायु परिवर्तन रोक्नका लागि प्रमुख नेतृत्वमध्येको अमेरिका नै असफल हुन लागेको टिप्पणी गरेका छन् ।

फेब्रुअरी २०२० मा हडसन, न्यू ह्याम्पशायरमा एक चुनावी अभियान कार्यक्रमको क्रममा बाइडेनले दर्शकहरूलाई भने सङ्घीय भूमिमा अब ड्रिलिङ नहुने भन्दै भाषण गरेका थिए ।

बाइडेन प्रशासनले बढ्दो पेट्रोलको मूल्य र मुद्रास्फीतिलाई नियन्त्रण गर्न धेरै कदम चालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ