arrow

आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
prachanda np.jpg
फाइल तस्बिर

कावासोती। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन्। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सङ्घको निर्वाचनसम्म कायम रहने बताए।

“गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ। तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ”, अध्यक्ष प्रचण्डले भने।

आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ ( लडाइँ) भएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले भने, “आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो।” आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उनले बताए। “आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारु, आदिवासी, मधेसी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ”, अध्यक्ष प्रचण्डले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ