arrow

पश्चिमी वायुको प्रभाव रहेको यस्तो हुनेछ आजको मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

हिजो पोखरा, जुम्ला लगायतका स्थानमा सामान्य वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ