arrow

यो साता कुम्भलाई धनलाभ, मकरलाई आम्दानी आठ आना खर्च रुपैयाँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : राशिफल बैशाख ०५ गते सोमवारदेखि बैशाख ११ गते आइतवारसम्मको हो। एक हप्तामा समग्रमा कुन राशिफललाई कस्तो छ भनी राखिएको छ।

साप्ताहिक राशिफल :

मेष : तपाईंको यो हप्ता आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आज आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनुछ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ ।

वृष : तपाईंलाई यो हप्ता आफन्त व्यक्तिसँग विवाद तथा झगडाको संभावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला ।

मिथुन : तपाईंलाई यो हप्ता व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । बुधबार जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ ।

कर्कट : तपाईंका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ ।

सिंह : यो हप्ता तपाईंको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । आज आइतबार र भोलि सोमबार जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । भोलि शुक्रबार र आगामी बुधबारको समय शुभ रहनेछ ।

कन्या : तपाईंका लागि यो हप्ता लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आप्mनो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला ।

तुला : तपाईंको यो हप्ता एक्कासी आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मंगलबार र बुधबारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला ।

वृश्चिक : तपाईंका यो हप्ता आफन्तसंग मनमुटाव बढ्नेछ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्तापर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको सिकार हुनसक्ने, मन परेको खानामा पनि गडबढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ ।

धनु : तपाईंलाई यो हप्ता स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व, पूर्व दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मंगल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आज आइतबार, बुधबार र शुक्रबार पारेर शुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ ।

मकर : तपाईंका लागि यो हप्ता आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला ।

कुम्भ : तपाईंका लागि यो हप्ता धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ । आफन्तसंग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला ।

मीन : यो हप्ता तपाईंका लागि सोमबार पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ