arrow

तपाईको यो महिना कस्तो हुनेछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
monthly-horoscope.jpg

मासिक फल : वैशाख महिनाको राशिफल २०७९

मासिक राशिफल :

मेष : बैशाख महिनामा मेष राशि भएकाहरुले तपाईंलाई आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सफल यात्राको योग रहनेछ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । महिनाको अन्त्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग खैरो वा पर्पल हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष : यो महिनामा वृष राशिका लागि आफूले गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शेयर बजारमा नोक्सानी र अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । १५ गतेबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ र शुभ कार्यको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन : यो महिनामा मिथुन राशिका लागि लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आकस्मिक धनसमेत हात पर्न सक्छ । सामाजिक कार्यक्रममा विशेष रुचि रहनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहने देखिन्छ । महिनाको उत्तरार्धमा स्वास्थ्य र कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट : कर्कट राशिका लागि बैशाख महिनामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुनः प्रारम्भ हुने छ । महिनाको अन्त्यमा भने त्यति राम्रो देखिँदैन, अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह : सिंह राशिका लागि बैशाख महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ घर ,जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या : यो वैशाख महिनामा कन्या राशिका लागि नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कामको हेलचेक्र्याइँको कारणले उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । आधा महिना पछि प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यू रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला : यो महिनामा वृश्चिक राशिका लागि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ने र पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ, तर स्वास्थ्यमा धन खर्च बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक : बैशाख महिनामा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि राम्रो सफलता हात पर्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु : यो महिनामा धनु राशिका लागि लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवातर्फ आकर्षित भइनेछ । कुनै कुराले मन प्रसन्न र मनमा शान्ति छाउला । बुद्धिको प्रयोग गरेर मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहन लाभ हुने समय पनि आएको छ । २१ गतेबाट स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर : वैशाख महिनामा मकर राशिका लागि भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । समग्रमा सकारात्मक महिना नै रहने देखिन्छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णको दर्शन गरि गरेको कार्यबाट अधिक लाभ र सफलता मिल्नेछ ।

कुम्भ : यो महिनामा कुम्भ राशिका लागि सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा कार्य सम्पादनमा केही समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन : बैशाख महिनामा मीन राशि भएकाहरुका लागि विद्या र वुद्धिको विकास हुनेछ । शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएका अधुरा कामहरू पुनः प्रारम्भ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ