arrow

आजदेखि वीणा उल्का वर्षा, शुक्रबार उल्का वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
ulka-warsha.gif
तस्बिर– फाइल

काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा बैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) बैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

बैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न–देख्न सकिने उनले बताए । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । 

‘थ्याचर’ नामक पुछ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’  पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

पुछ्रेताल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।

परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ