arrow

भारतमा बढ्यो ओमिक्रोनको संक्रमण

logo
एएनआई,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
corona-virus-omicron.JPG

नयाँ दिल्ली । भारतमा पुन: कोरोना भाइरस संक्रमण बढेको छ ।भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हो । 

सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना संक्रमित भएका छन् । यो सङ्ख्या झण्डै ९० प्रतिशतले बढेको हो । 

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमितहरु रहेका छन् । 

 भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ । 

कुल संक्रमित मध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ