arrow

प्रचण्डले घोषणा गरे कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
prachanda-raj-pradhan.jpg

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका तर्फबाट बनेपा नगरपालिका प्रमुखमा बौद्धिक नेता प्रचण्डराज प्रधानले उम्मेदवारी दिने निर्णय गरेका छन् । काभ्रेमा प्राज्ञिक तथा बौद्धिक नेताको रुपमा छवि बनाएका प्रधानले लामो समय कांग्रेसको पार्टी पंक्तिमा रहेर काम गर्दै आएका छन् । 

२०४८ सालदेखि २०७८ सम्मको तीन दशक लामो समय निरन्तर महासमिति सदस्यका रुपमा रहेका प्रधानको नेपाली कांग्रेसभित्र ठूलो योगदान रहेको छ । २०५७ सालमा कांग्रेस जिल्ला कार्यसमितिको उपसभापति हुँदै प्रभावकारी भूमिका खेल्दै आएका नेता प्रधान जनस्तरमा लोकप्रिय भएको दाबी गर्छन् ।  

नेता प्रधान जिल्लादेखि केन्द्रसम्म नै पार्टीको संस्थापन निकट समूहको इमानदार नेताका रुपमा चिनिन्छन् । उनले गत मंसिरमा सम्पन्न कांग्रेसको बागमती प्रदेश अधिवेशनमा इन्द्र बानियाँको समूहलाई विजय गराउन विशेष भूमिका खेलेका थिए । 

प्रधानको आगमन नै बनेपामा कांग्रेसको जित हुन सक्ने आँकलन स्थानीयको छ । प्रधानले टिकट ल्याउन सक्ने सम्भावनासमेत धेरै देखिएको कांग्रेस निकट नेताहरु बताउँछन् । 

बनेपामा बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे निकट शान्तिरत्न शाक्य पनि मेयरका उम्मेदवारका दाबेदार हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ