arrow

अमेरिकी उप सहायक विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
narayan-kelly.jpg

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप सहायक विदेश मन्त्री केल्ली किडरलिङले सोमबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेकी छिन्।

भेटकाक्रममा नेपाल र अमेरिकाबीचको मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ हो ।

आइतबार नेपाल आएकी केल्ली किडरलिङ भोलि (मंगलबार) स्वदेश फर्किने बताइएको छ ।

यसअघि एमसीसी प्रमुख चासोको बिषय बनेका बेला गत नोभेम्बरमा पनि उनी काठमाडौं आएकी थिइन्। त्यतिबेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि नेपाल भ्रमणमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ