- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चलचित्र केजीएफ–२ ले सर्वाधिक सफल मानिएको बाहुबलीको लाइफटाइम रेकर्ड तोड्न सफल भएको छ । केजीएफ–२ ले ६ दिनमै बाहुबली १ को रेकर्ड तोडेको हो । १०० करोड भारुमा बनेको केजीएफ २ ले ६ दिनमा ६७६.८० करोड भारुको ग्रस वल्र्ड वाइड बक्स अफिस कलेक्सन गरेको छ ।
यसका साथै यसले प्रभासको बाहुबली १ को लाइफटाइम ग्रस ६५० करोड भारुको ब्यापारलाईसमेत पछाडि छाडेको छ । केजीएफ २ अहिलेसम्मकै आठौं सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्र बन्न सफल भएको छ ।
मनोबाला विजयबालनका अनुसार केजीएफ २ ले छैटौं दिन मंगलबार ५१.६८ करोड कमाएको छ । पहिलो दिन १६५.३७ करोड वल्र्ड वाइड बिजनेस गरेको थियो ।
फिल्म १४ अप्रिलमा रिलिज भएको थियो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्ममा यशसँगै संजय दत्त, श्रीनिधी शेट्टी, प्रकाश राज र रवीना टन्डनसमेत मुख्य भूमिकामा छन् ।