arrow

सिलिन्डर भर्ने क्रममा ललितपुरमा विष्फोट हुँदा एकको मृत्यु ७ घाइते, गृहमन्त्रीले दिए छानबिन गर्न निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
cylinder-explode.jpg
तस्बिर– सांकेतिक

ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहान विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् । ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान भएको बताए । उनले मृतक ४५ वर्षका ब्रिज महत भएको बताए । 

घाइतेहरूको बीएण्डबी र पाटन अस्पतालमा भइरहेको छ । विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेद्योगिक क्षेत्रमा रहेको छ । 

विष्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

मृतक र घाइतेहरु कारखानामा काम गर्ने मजदूरहरु रहेको प्रहरीले जनाएको छ । 

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले विष्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाँणको निर्देशन छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ