-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् ।
पीसीआरबाट १२ र एन्टीजेनबाट ३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरबाट २०८३ र एन्टीजेनबाट १४६४ गरेर कुल ३५४७ जनाको नमुना परीक्षण गरिएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या २९८ मा झरेको छ ।