- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको साधारणसभा एवं अधिवेशन स्थगित भएको छ । एन्फा अध्यक्ष दीपेन्द्र श्रेष्ठले एकलौटीरुपमा अधिवेशन स्थगित गरेको बताइएको छ ।
अधिवेशन स्थगित गर्नुको कारण भने खुलेको छैन । तर अध्यक्ष श्रेष्ठले अधिवेशनको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि अधिवेशन स्थगित गरेको आरोप छ ।
अधिवेशन स्थगित भएपछि एन्फामा आवद्ध ११ मध्ये ६ वटा क्लवका प्रतिनिधिले अध्यक्ष श्रेष्ठको चर्को आलोचना गरेका छन् ।
हरमटारी क्लव, चेपे आदर्श क्लव, आदर्श युवा परिवार, तालदेवी युवा क्लव, द ओशन क्लव र मर्स्याङ्दी क्लवले अधिवेशन बोलाएर पत्तो नदिई स्थगित गरेको भन्दै अध्यक्ष श्रेष्ठको आलोचना गरेका हुन् ।
अधिवेशन स्थगित गर्नु गैरकानुनी काम भएको बताउँदै प्रतिनिधिहरुले कार्यसमितिको बैठक बिना अध्यक्षले एकलौटीरुपमा अधिवेशन स्थगित गरेको आरोप लगाए ।
एन्फामा अध्यक्ष श्रेष्ठले पुनः दोहोर्याउने मनसाय बनाएका थिए । उनको प्रधिस्पर्धामा महासचिव बिशाल गुरुङले पनि दावी गरेका थिए ।
केन्द्रीय समिति र निर्वाचन अधिकृतलाई अधिवेशन नहुने जानकारी गराएका अध्यक्षले क्लवलाई भने कुनै खबर नगरेको बताइएको छ ।
एन्फाका महासचिव बिशाल गुरुङले ४ वर्षे कार्यकालमा अध्यक्ष श्रेष्ठले फुटवल बिकासको काम गर्न नसकेको, आर्थिकरुपमा प्रष्ट व्यवहार प्रस्तुत नगरेको आरोप लगाए ।
यता, अध्यक्ष श्रेष्ठले कार्यसमितिका जिम्मेवार पदाधिकारी अधिवेशनको आफ्नो काम छाडेर अधिवेशनमा मात्र केन्द्रित हुँदा तयारी नपुगेको बताए ।
‘कार्यसमितिका साथीहरुले आफ्नो काम गर्नुभएन । अधिवेशन दिन बिहानसम्म उहाँहरु आउनुभएन, म एक्लैले अधिवेशन गर्न सक्ने अवस्था रहेन’, अध्यक्ष श्रेष्ठले भने, ‘केन्द्रलाई जानकारी गराएर अहिलेलाई स्थगित भएको हो ।’