arrow

ट्रम्पले भने- देश नर्कमा जाँदै छ, बाइडेनलाई बिलकुलै थाहा छैन

logo
एएनआई/स्पुतनिक,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
dronaldtrumps.jpeg

वासिङ्टन [अमेरिका] । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।

ट्रम्पले शनिवारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने, "वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदै छ, हाम्रो देश नर्कमा जाँदै छ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।" 

"हामीसँग अहिले एक जना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिलकुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्... र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्," उनले भने । जबकि [रूसी राष्ट्रपति भ्लादिमिर] पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्।" उनले थपे।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्। 

मङ्गलवार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुनः चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् । 

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्‍याली सम्भावनाको सङ्केत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ