arrow

बल्ल टुङ्गो लाग्यो मकवानपुर गठबन्धनको भागबण्डा

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख ११ आइतबार
makawanpur-naksa.jpg

हेटौंडा।  मकवानपुरमा सत्तारुढ गठबन्धन दलले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएको छ । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार बसेको प्रदेश स्तरीय गठबन्धन बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार, मकवानपुरमा ५ वटा स्थानीय तह कांग्रेस, ३ वटा माओवादी केन्द्र र २ वटा नेकपा (एकीकृत समाजवादी) लाई सहमतिको आधारमा उम्मेदवारी बाँडफाँड गरिएको कांग्रेस बागमती प्रदेश कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका अध्यक्ष पदको लागि तोकिएको छ भने माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । साथै, नेकपा एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।

यसै गरी, उपाध्यक्षमा कांग्रेसलाई हेटौंडा, थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोवर, बागमती र नेकपा माओवादीलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैया दिने सहमति भएको छ । नेकपा एकीकृतलाई भने कुनै पनि स्थानीय तहको उपाध्यक्ष पद बाँडफाँड गरिएको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ