arrow

भूकम्प स्मृति दिवसको दिन कहाँ छ वर्षाको सम्भावना ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
weather-2022-evergreen.jpg

काठमाडौं । आज भूकम्प स्मृति दिवस । २०७२ साल बैशाख १२ गते आजैका दिन गएको ७.६ रेक्टर स्केलको गोर्खा भूकम्पले नौ हजार मानिसको ज्यान लिएको थियो । उक्त भूकम्पले पारेको क्षतिपछि अहिलेसम्म पूर्णरुपले पुनःनिर्माणसमेत हुन सकेको छैन । 

सोही दिनको सम्झनामा आज भूकम्प स्मृति दिवस मनाइँदैछ । आजको मौसम कस्तो छ त ? पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  

बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ