arrow

हिमाल सफा गर्न सेना आधार शिविरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
mount-3-.jpg.jpg

काठमाडौं । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् । यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ ।  

सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्, जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ