arrow

मेयरको टिकट नपाएपछि खायमलीले कांग्रेस छाडे  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
narayan-bhakta-khaymali-bhaktapur.jpg

भक्तुपर । स्थानीय तह निर्वाचनमा  टिकट नपिाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गरी सोमबार राजीनामा दिएका हुन् ।

उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाटसमेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् । 

उनको राजीनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिँधै एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालेले झिनो मतले विजयी हासिल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ