- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् ।
उनका पति स्कट ६ फिट ८ इन्च अग्ला छन् । जबकी उनका दुई छोरीहरू सभन्ना र मोली क्रमशः ६ फिट ८ इन्च र ६ फिट ६ इन्च छन् । ट्र्याप परिवारकी कान्छी सदस्य एडम ट्र्याप ७ फिट ३ इन्च अग्ला छन् ।
सँगसँगै उनीहरू सबैको उचाई जोड्दा टेनिस कोर्ट मैदानको आधा हुन्छ । परिवारका सबभैन्दा अग्ला ट्र्यापलाई विश्वकै सबैभन्दा अग्लो परिवारको विश्व रेकर्ड राख्ने विचार आयो । सम्पूर्ण परिवार अर्थोपेडिक्स चिकित्सक डा अन्ना सुडोहलाई भेटे ।
यसलाई आधिकारिक बनाउनको लागि प्रत्येक सदस्यको उचाइ गणना गर्न उभिएर र सुतेर दिनमा तीन पटक नाप्नुपथ्र्यो । सन् २०२० को ६ डिसेम्बरमा गिनिजले ट्र्याप्सलाई विश्वकै सबैभन्दा अग्लो परिवारको मान्यता दिएको थियो ।
ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ । आफूहरूलाई मिल्ने साइज पाइँदैन ।