arrow

असन्तुष्ट कांग्रेसका तर्फबाट भरतपुर महानगर मेयरमा पौडेलको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
bharatpur-asantusta-congress.jpg

चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई साथ दिएको थियो । पटक पटक आफूहरुले अर्को दललाई साथ दिनुपर्ने भन्दै यसपालि विद्रोह भएको हो । 

शुरुआती चरणदेखि नै यसपालि भरतपुर महानगरमा कांग्रेसले दाबी गर्दैै आएको थियो । तर केन्द्रबाटै यसपटक पनि माओवादी केन्द्रलाई मेयर पद सुम्पेपछि स्थानीय कांग्रेस रुष्ट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ