arrow

फ्रान्सका राष्ट्रपति म्याक्राेनलाई सी चिनफिङले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
xi-marcon-reuters.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनलाई सोमबार पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा दक्षिणपन्थी नेता मारिन ले पेनलाई पछि पार्दै म्याक्रोन राष्ट्रपति बनेका हुन् ।

सी चिनफिङले आफू फेरि म्याक्रोनसँग काम गर्न एवं दुई पक्षीय सम्बन्धलाई अघि बढाउन तयार भएको भन्दै बधाई दिएका हुन् ।

म्याक्रोन दुई दशकमा दोस्रो कार्यकाल जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति समेत बनेका छन् । म्याक्रोनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत बधाई दिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति जो बाइडेन, युरोपीयन ब्लकका सबै नेता एवं विश्वभरबाट विभिन्न देशका प्रमुख नेताहरूले म्याक्रोनलाई शुभकामना एवं बधाई दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ