- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको दोस्रो दिन शुभेच्छुकहरूको सहभागितामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरू आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् ।
पार्टीले टिकट नदिए पनि स्थानीयहरूको सहयोगले चुनाव जित्ने भन्दै साहले सबैलाई एक पटक मौका दिन आग्रह गरे।
केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएर चर्चामा आएका थिए ।