arrow

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल काँग्रेसबाट निष्कासित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
karna-bahadur-malla-congress.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसले डडेलधुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरीत गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन्।

काँग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस बिपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो। डडेलधुरा देउवाको गृह जिल्ला हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ