arrow

बागलुङमा नबिल बैङ्कको दिगो बैङ्किङ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
baglung-nabil-bank.jpg

बागलुङ। नबिल दिगो बैङ्किङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नबिल बैङ्कको सञ्चालक समितिकी सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिँदै नबिल बैङ्कले कृषि तथा महिला उद्यमशीललाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन्।

नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझाले कार्यक्रममा नबिल बैङ्कको दिगो बैङ्किङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारे। अन्तर्क्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाउनु भएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो।

उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बागलुङ र नबिल बैङ्क बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य वाली÷वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषि बजार विकास सहित व्यावसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा नबिल बैङ्कको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बागलुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरे।

कार्यक्रममा नबिल बैङ्क सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैङ्क बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिति रहेको थियो।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङ कार्यक्रमको सुरुवात गरेको हो। यो कार्यक्रम तथा कृषि ज्ञान केन्द्रको सम्झौता मार्फत नबिल बैङ्कले नबिल दिगो बैङ्किङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ