arrow

पार्टीले मुल्याङ्कन नगरेको भन्दै कांग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीनले पार्टी त्यागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
nepali-congress-flag-tree00.jpg

बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका ७ मा  वडाध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्यसमेत छन् । 

कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरेपनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकोले पार्टी परित्याग गनेै निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका(३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।



नयाँ