arrow

जर्मनीले रुसविरुद्ध लड्न युक्रेनलाई दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
ukraine-russia-war-army.jpg
तस्बिर– फाइल

काठमाडौं । जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । 

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । 

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ