arrow

मकवानपुरमा गठबन्धनलाई ठूलो धक्का, नेकपा एसका जिल्ला अध्यक्षसहित तीन दर्जनले छाडे पार्टी

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ वैशाख १४ बुधबार
279093957_3755922711301742_7771672590753985503_n.jpg

हेटौंडा। नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् । योसँगै स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा गठबन्धनलाई ठूलो धक्का लागेको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै केही ब्यक्तिको स्वार्थ पूरा गर्न कार्यकर्ताको समस्यालाई नजरअन्दाज गर्दै निजी कम्पनीमा पार्टी रुपान्तरण गरेकाले आफूले साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको उनले बताएका छन् ।

पार्टीलाई विधि र पद्धतिसंगत ढंगबाट संचालन गर्न, पार्टीका नेता कार्यकर्ताको मूल्यांकन र गुटबन्दीको अन्त्य गर्न ८ महिना अगाडि एमालेबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरे पनि पार्टीभित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजिएको ब्यक्तिवादका कारण पार्टी छाडेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गठबन्धनको नाममा अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने गरी आफ्नो कुण्ठित मनसाय पूरा गर्न षडयन्त्र भैरहेको भन्दै निर्वाचित निकायलाई भ्रस्टाचारको अखडा बनाउने नियतप्रति आफ्नो असहमति रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीसँगै एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य वीरेन्द्र डिसीलगायत तीन दर्जन नेता कार्यकर्ताले समाजवादी परित्याग गरेको घोषणा गरेका छ्न् । पार्टीले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरको सबै स्थानीय तहका कार्यकर्तालाइ बिचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

पार्टी छोड्नेमा सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डिसी, गोपाल स्यान्तांग, मनहरी गाउँपालिका सदस्य बिमल स्यान्तांग, प्रविण चेपांग, गाउँ कमिटी सहसचिव जोन प्रजालगायत छन् ।

आसन्न स्थानीय तहको निर्वाचनको मुखमा समाजवादीका जिल्ला अध्यक्षहित तीन दर्जनले पार्टी परित्याग गरेपछि सत्ता गठबन्धनलाई ठूलो धक्का लागेको छ भने यसले चुनावमासमेत असर गर्ने देखिएको छ । मकवानपुरमा पाँच दलीय गठबन्धन भनिए पनि जसपा र जनमोर्चा यसअघि नै बाहिरिएका छन् ।

जिल्लाको गठबन्धनको निर्णय अनुसार मकवानपुरका दुई स्थानीय तह एसको भागमा परेको थियो । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पाएको एसले मकवानपुर पार्टी उपाध्यक्षसमेत रहेकी मिनाकुमारी लामालाई हेटौंडाको मेयरको उम्मेदवार बनाएको छ ।

यसअघि नै केन्द्रबाट मेयरमा लामाको नाम आएपछि अध्यक्ष पोखरेलले असन्तुष्टि जनाएको खबर बाहिर आएको थियो । यद्यपि उनले औपचारिक रुपमा भने केही बोलेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ