arrow

पर्सामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन, बीआरआईको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
china-parsa.PNG

पर्सा । पर्सामा बीआरआई सम्झौताविरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिनपिङको पुत्ला दहन गरिएको छ । राष्ट्रिय एकता अभियान निकट राष्ट्रिय विद्यार्थीले बुधबार वीरगन्ज स्थित माइस्थान चोकमा बीआरआई सम्झौता खारेजीको माग गर्दै राष्ट्रपति चिनपिङको पुत्ला दहन गरेको हो ।

परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहकको नेतृत्वमा भएको विरोध प्रदर्शनमा विद्यार्थीले चिनियाँ विस्तारवाद बन्द गर्न, बीआरआई सम्झौता सार्वजनिक गर्न माग गरेका थिए । 

उनीहरूले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन, रेलको बहानामा सैन्य विस्तार, अघोषित नाकाबन्दी खुल्ला गर्न, नेपाली विद्यार्थीहरूको पठन पाठन सुचारु गर्न र मिचिएको नेपाली भूमि फिर्ता गर्न माग गर्दै चर्को नारा लगाएका थिए ।

विद्यार्थीहरूले चीनविरुद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति चिनपिङको पुत्ला समेत दहन गरे । सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा सन् २०१७ को मे १२ देखि बीआरआईलाई अँगालेको छ ।

हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दश वटा परियोजनामा चिनियाँ लगानी भित्र्याउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ