arrow

मकवानपुरमा सात उम्मेदवारविरुद्ध उजुरी

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख १४ बुधबार
nirwachan-hetauda.jpg

हेटौंडा । मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकामा  एमालेको तर्फबाट ४ नम्बर वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका वडाअध्यक्षका उम्मेदवार नरनाथ सुवेदीविरुद्ध उजुरी परेको हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका -४ का वडा अध्यक्षका उम्मेदवार सिग्देललाई अबैधानिक उपभोक्ता समिति गठन गराई राज्य कोषको रकम निकाशा गरेको आरोपमा उजुरी परेको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदी माथि करछलीको आरोपमा उजुरी परेको हो ।

त्यस्तै जिल्लाको बकैया गाउँपालिकामा ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । उजुरी पर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छावा अधिकारी र माओवादी केन्द्रका भक्तबहादुर खत्रीविरुद्ध उजुरी दर्ता भएको छ । त्यस्तै गाउँपालिकाको ५ नम्बर वडाका नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।

त्यस्तै मनहरी गाउँपालिकाका २ उम्मेदवार विरुद्ध उजुरी परेको छ । नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको हो भने ३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्याल माथि उजुरी परेको हो ।

गाउँपालिका भित्र बेरुजु र अक्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै विष्ट विरुद्ध उजुरी परेको हो भने विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित कांग्रेसका अर्याल माथि उजुरी परेको हो ।

उजुरी परेका उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएको र स्पष्टिकरणसमेत आइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारहरु विरुद्ध परेको उजुरी उपर छानविन भैरहेको बताइएको छ । यदि आरोप पुष्टि भए उनीहरुको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ