arrow

चुनावमा तरुण दलः वान बुथ हन्ड्रेड युथ – अध्यक्ष गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
bidwan-gurung-tarun-dal-president.jpg

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्थानीय तहको निर्वाचनमा ‘वान बुथ हन्ड्रेड युथ’ अवधारणा ल्याउने बताएका छन् । केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका एवं बृहत तरुण भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष्य गुरुङले केन्द्रीय समितिले ‘वान बुथ हन्ड्रेड युथ’ को अवधारणा ल्याउने बताएका हुन् । 

उनले देशैभरिका आम तरुणहरुलाई नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन क्रियाशील हुन निर्देशन दिएका छन् ।आम जनतालाई उनले लोकतन्त्र रोज्ने कि ओलीतन्त्र रोज्ने अब बेला भएको बताए । 

उनले आफ्नो कार्यकालमा सबै तहको चुनावमा उम्मेदवारलाई विजयी गराइछाड्ने कशम खाए । सबै उपस्थित तरुणहरुलाई धन्यवाद दिँदै अध्यक्ष गुरुङले   स्थानीय तहको गठबन्धनका उम्मेद्वारलाई जिताउन परिचालित हुनसमेत निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ