arrow

फेरि काँग्रेससँग तालमेल गर्ने मल्लको सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
karna-malla.jpg

डडेलधुरा। नेपाली काँग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  काँग्रेससँग तालमेल हुन सक्ने सङ्केत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबिच तालमेल हुन सक्ने सङ्केत गरेका हुन्।

शेरबहादुर देउवाले मिलेर जाऊँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करुवा र रूख चुनाव चिह्नबिच तालमेल गराए स्वीकार्य हुने बताएका हुन्।

उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्ल पक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। दुई भागमा बाँडिएको काँग्रेस डडेल्धुराकोे मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।

पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले काँग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो। जसअनुसार दुवै पक्षले तालमेल गरेर जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन्।



नयाँ