arrow

प्रमुख पदमा पुनः दोहोरिने रहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
kapilbastu_district_map.png

चन्द्रौटा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहरिने दाउमा छन् । 

कपिलवस्तुका १० पालिकामध्ये सात पालिकाका प्रमुख पदमा पुनः दोहोरिने गरि उम्मेदवारी दिएको हुन् । उम्मेदवारी दर्ता गराउनुभएका सात वटै स्थानीय तहका प्रमुखले विकास निर्माणको अधुरो कामलाई पूरा गर्नका लागि आफूहरुको उम्मेदवार बनेको बताए । 

पुनः दोहरिने जनप्रतिनिधिमा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्ध्भूमिका प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगञ्जका प्रमुख अब्दुल कलाम र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहेका छन्। यसैगरी शुद्धोदन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, मायोदवीका प्रमुख बजरङ्गी चौधरी र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पुनः त्यही पदमा उम्मेदवारी दिएका छन् । 

कृष्णनगरका शाह, कपिलवस्तुका सिंह, बुद्धभूमिका श्रेष्ठ र महाराजगञ्जका कलाम नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । मायोदेवीका चौधरी र शुद्धोदनका खाँ भने जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै विजयनगरका थापा एमालेबाट र कृष्णनगरका शाह स्वतन्त्र उम्मेदवार बनेका छन् । 

यसैगरी शुद्धोदनका निसार अहमद पनि स्वतन्त्र रुपमा चुनाव जितेका थिए । शाह चार महिनाअघि कांग्रेसमा प्रवेश गरको थिए । शुद्धोदन गाउँपालिकाकी उपप्रमुख सुधादेवी पाण्डेय कांग्रेसबाट फेरि उपप्रमुखको उम्मेदवार बनेकी छिन् । बुद्धभूमिकी उपप्रमुख मीरा थारु र महाराजगञ्जकी उपप्रमुख शोभावती कुर्मी कांग्रेसबाट फेरि उपप्रमुखकको उम्मेदवार बनेका छन् । 

त्यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु र विजयनगरको उपप्रमुख लक्ष्मी थारु यसपटक पनि उम्मेदवार बनेका छन् । दुवै जना एमालेबाट लड्दैछन् । यस्तै २०७४ सालमा कांग्रेसबाट उपप्रमुखमा जितेकी कन्यावती उपाध्यायले पार्टीबाट टिकट नपाएपछि यस पटक लोसपाबाट उपप्रमुखमा उम्मेदवार बनेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ