arrow

नबिल बैङ्कको १४ नयाँ शाखा उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
nabil-branch-inagurations-combined.jpg

काठमाडौँ। नबिल बैङ्कले एकै दिन १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ। जसमा धुम्बाराही मालीगाउँ काठमाडौँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौँ, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौँमा रहेका छन्।

उक्त शाखा कार्यालयमा आयोजित उद्घाटन कार्यक्रम-समारोहका बीच प्रमुख अतिथि नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौँ महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रूपमा धुम्बाराही मालीगाउँ शाखा, बैङ्क सञ्चालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रूपमा गुसिंगाल शाखा, बैङ्कका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्त रूपमा थलि डाँछी शाखा उद्घाटन गरेका छन्। 

त्यस्तै, बैङ्क सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रूपमा इमाडोल शाखा, तथा बैङ्कका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाँईले संयुक्त रूपमा दुवाकोट शाखाको उद्घाटन गरेका छन्।

यसै गरी, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले संयुक्त रूपमा दहचोक शाखा, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगर कार्यालयका निर्देशक श्रीमती रञ्जना पौडेल पण्डितले संयुक्त रूपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैङ्कका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्त रूपमा चिसापानी शाखा, नबिल बैङ्कका प्रादेशिक प्रमुख – प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैङ्क, विराटनगर कार्यालयका निर्देशक श्रीमती मिना पाण्डेले संयुक्त रूपमा पुष्पलाल चोक शाखा, नबिल बैङ्कका प्रमुख सञ्चालन अधिकृत गणेश प्रसाद अवस्थी र नेपाल राष्ट्र बैङ्क, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रूपमा जीतपुर शाखा, नबिल बैङ्कका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैङ्क, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रूपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैङ्कका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आदर्श बजगाँई र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रूपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन्।

बैङ्कले कार्यक्रमका अतिथिहरू, बैङ्क सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू एवं बैङ्कका उच्च पदस्थ अधिकारीहरू तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको  थियो। उद्घाटन गरिएका शाखा कार्यालयहरू देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैङ्किङ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

क्र.सं.

शाखा

ठेगाना

१.

धुम्बाराही मालीगाउँ

काठमाडौं महानगरपालिका ५, काठमाडौं

२.

जीतपुर

जितपुरसिमरा उपमहानगरपालिक ७, बारा

३.

दुवाकोट

चाँगुनारायण नगरपालिका २, भक्तपुर

४.

गुसिंगाल

ललितपुर महानगरपालिका १, ललितपुर

५.

इमाडोल

महालक्ष्मी नगरपालिका ४, ललितपुर

६.

थलि डाँछी

कागेश्वरी मनोहरा नगरपालिका ५, काठमाडौं

७.

चिसापानी

हेटौंडा उपमहानगरपालिका १६, मकवानपुर

८.

पुष्पलाल चोक

विराटनगर महानगरपालिका ३, मोरङ

९.

मुर्गिया

सैनामैना नगरपालिक वडा नं. ३, रुपन्देही

१०.

खैरेनी

देवदह नगरपालिक वडा नं.६, रुपन्देही

११.

झुम्का

रामधुनी नगरपालिका वडा नं.८, सुनसरी

१२.

महेन्द्रनगर

क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५, धनुषा

१३.

ढल्केबर

मिथिला नगरपालिका वडा नं. ६, धनुषा

१४.

bxrf]s

rGb|flu/L gu/kflnsf j8f g+= !, sf7df8f}+

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्नेछ। मुलुककै अग्रणी बैङ्कमध्येको एक नबिल बैङ्कले समाज र विभिन्न वर्गका बैङ्किङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ।

बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ। बैङ्कले १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ। नबिल बैङ्क आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल यस नबिल बैङ्कले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैङ्किङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ