arrow

पाँचलाई राम्रो हुँदा सात राशिले सचेत हुनुपर्ने यस्तो हुनेछ समग्रमा शुक्रबारको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ वैशाख १६ गते शुक्रबार, इस्वीसंवत अप्रिल २९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको त्रयोदशी तिथि रहनेछ । आज नक्षत्रमा रेवती, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा भद्रा र आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३२ घटि ४८ पला अर्थात १३ घण्टा ०२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर २९ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३५ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

वृष : समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ ।

मिथुन : समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

कर्कट : समय खराब रहनेछ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

सिंह : समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

कन्या : समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ ।

तुला : स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति-पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

वृश्चिक : स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबढी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

धनु : समय अत्यन्तै खराब छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको कुरा काट्नेछन् ।

मकर : स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।

कुम्भ : आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुन सक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो नरहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दैछ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज आम्दानीका नयाँ-नयाँ श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।

साइत :
आजको शुभ लाभादि बेला

बिहान ०५ः३९ बजेदेखि ०७ः१५ बजेसम्म चर बेला,

बिहान ०७ः१५ बजेदेखि ०८ः५१ बजेसम्म लाभ बेला,

बिहान ०८ः५१ बजेदेखि १०ः२७ बजेसम्म अमृत बेला,

बिहान १०ः२७ बजेदेखि १२ः०४ बजेसम्म काल बेला,

बिहान १२ः०४ बजेदेखि १ः४० बजेसम्म शुभ बेला,

दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म रोग बेला,

दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म उद्धेग बेला,

दिउँसो ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म चर बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ