arrow

भारतमा लू, जलसंकटको खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
shahjahanpur-ganga_1651116355.jpg

काठमाडौं । भारतमा लू चलेको छ । भारतमा ७० प्रतिशत भूभागमा भीषण गर्मी भएको छ । जसको चपेटामा ८० प्रतिशत भारतीय परेका छन् । भारतका ३३ शहरमा तापमान ४४ डिग्रीभन्दा बढी रहेको छ । सात शहरमा त ४५ डिग्रीभन्दा माथि रहेको छ । 

मौसम विभागका अनुसार राजस्थान, पंजाब, हरियाणा, दिल्ली, उत्तरप्रदेश, मध्यप्रदेश, महाराष्ट्र, गुजरात, बिहार, झारखण्डमा अबको तीन दिन सबैभन्दा बढी तापक्रम हुनेछ । 

तीन दिन लगातार लू चल्ने विभागले जनाएको छ । आगामी आइतबार गर्मीको सबैभन्दा उच्च तापक्रम हुने पनि अनुमान गरिएको छ । 

उत्तर प्रदेशमा आगामी तीन दिनसम्म केबल तातो हावामात्र चल्नेछ । त्यस्तै भीषण गर्मीसँगै नदीहरुमा जलसंकट देखिएको छ । गंगामा १५ गुणाले जलस्तर घटेको पनि बताइएको छ । 

पछिल्लो पाँच वर्षमा पहिलो पटक गंगामा संकट आएको बताइन्छ । नरौरा ड्यामा पछिल्लो १५ दिनदेखि पानीको डिस्चार्ज केबल १२ हजार १० क्युसेक हुन सकेको बताइन्छ । 

कन्नौज, कानपुर, प्रयागराज, गढमुक्तेश्वर, वाराणसी, बलियामा गंगाको घाट घटेपछि जलसंकट हुने सम्भावना देखिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ