- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत निर्वाचन आचारसंहिता उल्लङ्घन गरी पार्टीको चुनावी कार्यक्रमहरूमा सहभागी भएका छन् ।
महत कहिदिन यता नेकपा एमालेको चुनाव प्रचार-प्रसार कार्यक्रम तथा घरदैलो कार्यक्रममा भाषण गर्दै हिँडेका छन् । निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्।
सरकारी पदको दुरुपयोग गर्दै उनी पार्टीको कार्यक्रममा सहभागी भइरहेका छन् ।
निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर त्यसको उल्लङ्घन गर्दै हेटौंडाका मेयर महत पार्टीको चुनावी कार्यक्रममा दौडिरहेका छन् ।