- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।
मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए ।
निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले स्पष्ट पारे ।