- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्ने क्रम जारी रहेको जनाएको छ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टर बाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ।
हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ।