arrow

भारतमा एक सय २२ वर्षपछि सबैभन्दा गर्मी, उत्तर भारतमा लू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
india-hot-2022.png

काठमाडौं । भारतका विभिन्न क्षेत्रमा अहिले लू चलिरहेको छ । भारतमा यतिधेरै गर्मी भयो कि १२२ वर्षको रेकर्डसमेत तोडिएको छ । 

अप्रिलमा १२२ वर्षको रेकर्ड तोडिएको हो । उत्तर, पश्चिम र मध्य भारतमा अप्रिलमा सबैभन्दा गर्मी भयो । सबैभन्दा बढी उत्तर प्रदेशको बुन्देलखण्ड क्षेत्रको बान्दा जिल्लाा ४७ डिग्री सेल्सियस रह्यो । 

उत्तर पश्मिका ९ राज्य जम्मू–कश्मीर, लद्दाख, हिमाचल, उत्तराखण्ड, पंजाब, हरियाणा, राजस्थान, दिल्ली र उत्तर प्रदेशमा निकै गर्मी भयो । त्यहाँको औसत तापमान (न्यूनतम र अधिकतमकोबीच) ३५.९ डिग्री रह्यो । 

मध्य भारतका ६ राज्य गुजरात, महाराष्ट्र, गोवा, मध्यप्रदेश, छत्तीसगढ र ओडिशामा औसत तापमान (न्यूनतम र अधिकतमकोबीच) ३७.७८ रह्यो ।

आइतबार र सोमबारपछि भने विस्तारै गर्मी हट्दै जाने मौसम विभागले जनाएको छ । अझै पनि उत्तर प्रदेश, पंजाब र राजस्थानमा लू को खतरा रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ