arrow

निजी क्षेत्रको पहिलो बैंक नबिललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
278718206_1204291140314100_4947455803463334833_n.jpg

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । 

कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो । बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदूपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । 

कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संशाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनोटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनोट समितिले नबिल बैंकलाई ‘‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड दिने निर्णय गरेको थियो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संशाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय गरिएको जनाइएको छ ।  
बैंककँे वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायराभित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो । 

नबिल बैंकका अनुसार उसले स्टार बैंकरहरुसमेत जन्माइसकेको छ । बैंकका १ हजार तीन सय १४ बढी कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् । नबिल बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १४८ शाखा,  १८८ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैंकको संस्थागत संचार विभागले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ