arrow

टेलिकमको ‘आईसीटी डे अफर’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
279209854_407613734216028_8732796833196937802_n.jpg

काठमाडौं । यही बैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आईसीटी डे अफर) उपलब्ध गराउने भएको छ ।

कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर बैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख) सम्म उपलब्ध हुनेछ । 

अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ९९ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु ४९ मा उपलब्ध हुनेछ । ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

त्यसका साथै रु २०० देखि रु ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र रु ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । यस अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ