arrow

सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
raju-aryal-igp-apf.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् । सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । 

३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए । 

तर केसीले ३२ वर्षे बनाउन चलखेल गरेका थिए । जसमा उनी असफल भए । मोटो रकम दिएरै उनले ३२ वर्षे लागू गर्न खोजेको उच्च स्रोतको दाबी छ । 

दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ