arrow

कांग्रेस उम्मेदवार कोइराला अन्य पार्टी कार्यालयमा भोट माग्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
DSC_0291.JPG

विराटनगर । विराटनगर महानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका नागेश कोइरालाले माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर भोट मागेका छन् । कोइराला सत्ताधारी गठबन्धन दलको पार्टी कार्यालयमा पुगेर पार्टीका नेताहरुसँग भोट माग्दै आएका छन् । 

घरदैलो गर्ने क्रममा विराटनगर १३ मा अवस्थित माओवादी केन्द्रको पार्टी कार्यलयमा पुगेर पार्टीका नेताहरुसँग कोइरालाले मत मागे । राजनीतिक संस्कार बोकेका कोइराला घर–दैलो गर्ने क्रममा भेटिएका राजनीतिक दलका कार्यालयहरुमा निस्किएर मत माग्ने गर्छन् । 

आइतबार बिहान राप्रपा नेपालको पार्टी कार्यालय रानीमासमेत पुगेर पार्टीका नेताहरुसँग मत मागेका छन् ।

कोइरालासँगै गठबन्धन दल जसपाका नेता तथा विराटनगर महानगरपालिकाको उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवलाई सँगसँगै लिएर मत माग्नसमेत सुरु गर्ने तयारी भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ