arrow

संचारकर्मी सुरजवीरको जन्मदिनको शुभकामना गीत सार्वजनिक [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
_DSF7971.JPG

काठमाडौं । रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत आइतबार सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले नेपालभाषाको लोकप्रिय गीतलाई विस्तार एवं ब्यापकता दिन अन्य भाषाहरुमा पनि गीत निर्माणको कार्यको प्रशंसा गर्दै जन्मदिनको गीतको सफलताको लागि शुभकामना ब्यक्त गरे । 

सभापति भिक्षु कोण्डन्य महास्थविरले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रम आयोजना गर्न पाउँदा खुशी भएको उल्लेख गर्दै आफ्नो जन्मदिनमा यस गीतका गायक, रचनाकार सुरजवीरका साथ समूहले प्रस्तुत गरेको नेपालभाषाको जन्मदिनको गीतले भावविभोर बनाएको स्मरण गर्दै यही गीतको अन्य भाषामा समेत निर्माण गर्ने कार्यलाई सहयोग गर्न तथा लोकार्पणमा आफू एवं बुद्धविहार अग्रसर भएको उल्लेख गरे । 

कार्यक्रममा धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य तथा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले गीतका बारेमा चर्चा गरेका थिए । 

गायक बज्राचार्यले नेपालभाषामा निर्मित “बुदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना गीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीत अन्य भाषामा पनि निर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताए । 

एउटा गीतले पनि समाजमा राम्रो परिवर्तन ल्याउन सक्ने प्रति यही गीतको नेपालभाषा भर्सजनले अनुभूति गराएकोप्रति कृतज्ञता ज्ञापन गर्दै उनले लोकप्रियताका लागि भन्दा समाजका लागि गीत निर्माण गर्दा लोकले स्वतः प्रियमा गणता गरेकोले उर्जा थपेको पनि बताए ।

बुद्धविहारका प्रमुख भिक्षु कोण्डन्य महास्थविरको सभापतित्वमा भएको उक्त समारोहमा संगीत संयोजक जुगल डंगोल, चेज होम एप्लायन्सेजका सुरेश मल्ल, पेजथ्री पाक्षिकका दर्शनवीर शाक्य, गायक बज्राचार्यका बुबा नामसंगिती गुरु तथा हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य, युवक बौद्ध समूह, काठमाडौंका अध्यक्ष मदनबहादुर तुलाधर, बौद्ध महिला संघका उपाध्यक्ष वीना कंसाकारको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विहारका सदस्य सानुबाबु सायमीले धन्यवाद ज्ञापन गरेका थिए । 

यसअघि गायक बज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिक भएको जन्मदिनको गीतले हाल जन्मदिन मनाउँदा बजाउने, गाउने तथा गीत बजाएर सगुन दिने नव संस्कृतिकै रुपमा समाजमा स्थान प्राप्त गरेको छ । 

यस गीतलाई अन्य विभिन्न भाषामा निर्माण गर्दै जाने उद्देश्यले यो गीत निर्माण गरिएको हो । नेपालभाषामा निर्मित गीतको प्रतियोगिता नै आयोजना भएको थियो जसमा विश्वभरबाट १२१ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

यस्तो छ जन्मदिन गीत–

 



नयाँ