arrow

राहुल गान्धी काठमाडौंमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
rahul-gandhi.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार साँझ ५ बजे आसपास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन् । 

गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । उनी शुक्रबार स्वदेश फर्कने छन् । अन्य राजनीतिक भेटघाटका बारेमा भने बताइएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ