- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजू राणा देउवाले बितेको पाँच वर्षको उत्कृष्ट कार्यका कारण धनगढी उपमहानगरपालिका समृद्धिको तरखरमा रहेको बताएकी छिन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेतृ देउवाले निवर्तमान नगर प्रमुख नृपबहादुर वड र उनको टिमले पाँच वर्षको अवधिमा गरेका कार्यले धनगढी मुलुकको सबैभन्दा उत्कृष्ट पालिका बन्न सफल भएको बताइन् ।
जातीय विभेदले जकडिएको समाजमा दलित समुदायको प्रतिनिधिका रूपमा उपमहानगरपालिकाको प्रमुख बन्ने विषय आफैँमा महत्त्वपूर्ण हो,’ उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकामा दलित समुदायको प्रमुख बन्ने विषय सामाजिक रूपान्तरण र हरेक दृष्टिले पछाडि पारिएका वर्ग-समुदायको अधिकार रक्षाको द्योतक पनि हो ।’
उनले भनिन् कोरोना महामारीका बेला भारत तथा अन्य मुलुकबाट गौरीफन्टा नाका भएर स्वदेश फर्किएका पौने दुई लाखभन्दा बढी नेपालीको व्यवस्थापन गरेर सबैलाई सुरक्षित आ-आफ्नो घर पुग्ने व्यवस्था, घुम्ती शिविरमार्फत घर-टोलमा स्वाब सङ्कलन, हजारौँ व्यक्तिका लागि क्वारेनटिन व्यवस्थापन निकै उल्लेख्य कार्य भएको चर्चा गरिन् ।
उनले पाँच दलीय गठबन्धन कुनै व्यक्तिको हित रक्षाका लागि नभएर यसअघिको सरकारका असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन विभिन्न विचारका दलबीचको सहकार्य भएको बताइन् । उनले भनिन्, ‘यो गठबन्धन विभिन्न विचारधाराका दलहरूको साझा घरजस्तै हो ।'