arrow

पोखरामा केवलकार चढ्नेका लागि नि:शुल्क बस सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
annapurna-cablecar.PNG

पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा शुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा शुरु गरेको हो ।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट नि:शुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराही चोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा शुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ