arrow

पुनरागमन जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
liverpool-2022-champions-league-final.jpg

काठमाडौं । दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । 

लिभरपुलले समग्रमा ५–२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । 

४१औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । तर, ६१औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो । 

७४औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे । लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ । 

फाइनल खेल फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ