arrow

कश्मीरमा आतङ्कवादको त्रास हटाउन सरकार सफल, युवा गतिविधिहरूमा वृद्धि

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
kashmir-lake.jpg
फाइल तस्बिर

काश्मीर। लामो समयदेखि काश्मीरमा पाकिस्तानबाट हुने आतङ्कवादको दलदलका कारण यहाँका नागरिकहरू त्रसित पूर्ण अवस्थामा बस्न बाध्य भएका थिए। तर, भारत सरकारले सन् २०१९ को अगस्त ५ मा केन्द्र प्रशासनमा ल्याएसँगै यहाँको शान्ति सुरक्षाको अवस्थामा निकै सुधार भएको छ। 

अहिले काश्मीरका जनताहरू उत्साहका साथ थप स्वस्थ जीवन बिताउने बाटो अपनाइरहेका छन्। सरकार आतंकवाद सँग लड्न र जम्मू काश्मीरका जनतामा विश्वास जगाउन सफल भएको छ। फलस्वरूप, अब केन्द्र शासित प्रदेशका मानिसहरूले आफ्नो जीवन शैली र उत्सव पुनः सुरु गर्दैछन्।

जम्मू र काश्मीर कला, संस्कृति र भाषा एकेडेमी (जेकेएएसीएल) र वक्फ इन्तेजामिया जियारत अश्मुकामले हालै बाबा जानिउद्दिनको वार्षिक उत्सवको साथमा एक सुफी मण्डलीको आयोजना गर्‍यो। अनन्तनागको सुफी मण्डलीले ‘नात’ र ‘मनकबत महफिल’ आयोजना गर्ने ठाउँमा ठुलो सङ्ख्यामा भक्तहरूलाई आकर्षित गरेको थियो। दक्षिण काश्मीरका लोकप्रिय स्थानीय आवाजहरूद्वारा नाटहरू पढाइयो र मनकबातहरू गाइयो।

यस्तै जम्मू जिल्ला प्रशासनले जिल्ला युवा सेवा तथा खेलकुद कार्यालयको सहकार्यमा भलिबल, कबड्डी र टग अफ वारमा तीन दिनसम्म (अप्रिल १५-१७) अन्तर-पञ्चायत प्रतियोगिता आयोजना गरेको थियो। जसमा विभिन्न पञ्चायतहरूको सक्रिय सहभागिता थियो।

राज्यको पुनर्संरचनापछि जीवनका रङ्गहरू फर्किएका छन्। आतङ्कवादको बारम्बारको त्रासका कारण सुनसान बनेको राज्यमा उत्सवहरू थपिँदै गएका छन्। पर्यटन विभाग, कारगिलले दोस्रो खुबानी ब्लोसम फेस्टिभल (चुलीमेन्डोग) को ब्यानरमा कार्यक्रमहरूको शृङ्खलाको रूपमा गर्कोने गाउँमा एक रङ्गिन कार्यक्रम आयोजना गर्‍यो।

यो मुख्यतया आतङ्कवाद नियन्त्रणमा भारतीय सरकारको सफलता र जम्मू काश्मीरका जनतालाई सामान्य जीवन बिताउन र उनीहरूको सांस्कृतिक र परम्परागत चाडपर्वहरू मनाउनको लागि समर्थन सरकारले चालेको कदमको उपजको रूपमा लिइएको छ। 

खेलकुद, सांस्कृतिक र परम्परागत कार्यक्रमहरूमा मानिसहरूको बढ्दो सहभागिताले बदलिँदै जम्‍मु काश्मीरको चित्रण गरेको छ। र भारत सरकारको प्रयास पनि सार्थक बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ